Breaking News.... EverestOnlineKhabar
July 11, 2026

भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ३० एम्वुलेन्स उपहार

Loading

काठमाडौं । भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूतावासमा झण्डोत्तोलन गरिएको छ। भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय झण्ड फहराएका थिए। राजदूत पुरीले समारोहमा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए। सन्देशमा भारतले गएको ७१ वर्षमा विभिन्न क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरुको उल्लेख गरीएको थियो।

राजदूतद्वारा १ वीर नारी, ७ एकल महिला, ३ मृत सैनिकको निकटतम नातेदार र १ भूतपूर्व अपाङ्ग भारतीय सेनालाई नगद सहित सम्मान गरेको छ।

दूतावासले ६८ वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई १७ लाख बराबरको पुस्तक वितरण गरेको छ। दूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गरायो।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ६९२ ओटा एम्बुलेन्स र १३६ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.