Breaking News.... EverestOnlineKhabar
July 11, 2026

Loading

एजेन्सी ।अमेरिकी सर्च इन्जिन गुगल चीन प्रवेश गर्नेे चर्चा चलेसँगै चिनियाँ सर्च इन्जिन बाइडुले आफ्नो बजार अझै सशक्त बनाएर गुगललाई जितिछाड्ने दाबी गरेको छ । चीनको सेन्सरसीप कानुनका कारण सन् २०१०मा चीन छाडेको गुगलले पछिल्लो समय चिनिया कानुनअनुरुप रुपान्तरण गर्दै चीनको बजारमा प्रवेश गर्ने तयारी थालेको हो।

चीनको सेन्सरसिप कानुन पालना हुने गरी गुगलले चीन लक्षित नयाँ संस्करण विकास गरिरहेको छ। चिनिया अनलाइन समाचार ‘दी इन्टरसेप्ट’ले गुगलले ड्रागन फ्लाईको अधिनमा रहेर काम गरिरहेको बताएको छ। यसमा मानव अधिकार, धर्मजस्ता विषयका खोजी भने निषेध गरिएको छ।

गुगल की प्रवक्ताले चीनमा गुगल ट्रन्सलेटजस्ता विभिन्न मोबाइल एप उपलब्ध गराइरहेको बताएकी छन्।  चीनिया सर्च इन्जिन बाइडुका प्रमुख कार्यकारी अधिकृत रोविन लिले गुगलमाथि जीत हासिल गर्न आवश्यक तयारी गरिरहेको बताएका छन् । चीनमा बाइडुको एकाधिकार रहँदै आएको छ।

चीनले अमेरिकासँग सामना गरिरहेको ब्यापार व्यवधानका बीच फेसबुक, एप्पलजस्ता अमेरिकी कम्पनीमाथि कडाइ गरिरहेको छ। पछिल्लो समय एप्पलले मात्र आफ्ना सैयौ एप चीनबाट हटाएको छ भने फेसबुकले चीनिया नियन्त्रित बजारमा प्रवेश पाउन प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.