Breaking News.... EverestOnlineKhabar
July 11, 2026

Loading

बीबीसी । वासिङ्टनले दण्डात्मक रूपमा अंकारामाथि प्रतिबन्ध लगाएपछि टर्कीले पनि अमेरिकी विद्युतीय साम्रगी बहिस्कार गर्ने भएको छ।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो देशले अमेरिकी विद्युतीय साम्रगी बहिस्कार गर्ने बताएका हुन् ।

टर्कीको जेलमा रहेका अमेरिकी धर्मगुरुलाई अमेरिका सपुदर्गी गर्न टर्कीले अस्वीकार गरेपछि अमेरिका आयात हुने टर्कीको सामानमा लाग्दै आएको करको दरलाई वासिङ्टनले गत साता दोब्बर बनाएको थियो । अमेरिकी कदमका कारण टर्कीको कमजोर मुद्रा लिरामा २० प्रतिशत गिरावट आएको बीबीसीले उल्लेख गरेको छ । टर्कीले देशको अर्थतन्त्रलाई स्थायित्व दिने प्रयास गरिरहेको र विदेशी मुद्रामा लगानी गरेर सो कार्य शत्रुलाई दिन नसकिने राष्ट्रपति एर्दोगानले बताएका छन्।

टर्कीको भ्रमणमा निस्कन लागेका रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले अंकारामाथि लगाइएको अमेरिकी प्रतिबन्ध गैरवैधानिक नीति भएको मंगलबार पत्रकार सम्मेलनमा बताएका छन् । अमेरिकाले विश्व व्यापारमा अनुचित ढंगले प्रतिस्पर्धात्मक फाइदा लिन खोजेको आरोप पनि लाभरोभले लगाएको बीबीसीले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.