![]()
एजेन्सी । आइतबार राती प्रियंका चोपडाका ब्वाईफ्रेन्ड निक जोनस सिंगापुरमा एउटा कन्सर्टमा आफ्नो प्रस्तुती देखाईरहेका थिए । यो कन्सर्टको भिडियो र तस्बिरहरु ईन्टरनेटमा छाएका छन् । पोष्ट भएको भिडियोमा प्रियंकाले निकका लागि हुटिङ्ग गरिरहेको देख्न सकिन्छ ।
सिंगापुरमा आयोजना भएको यो कन्सर्टमा प्रियंका र निकको ब्याक स्टेज फोटो पनि खुबै भाइरल भएका छन् । निकले कन्सर्टमा प्रफम गरिरहँदा दर्शकहरुले प्रियंकाको नाम लिएर हुटिङ्ग गरेका थिए ।


