Breaking News.... EverestOnlineKhabar
June 27, 2026

बंगलादेशसामु वेष्टइण्डिज निरीह, २–१ ले शृखंला बंगलादेशको पोल्टामा

Loading

एजेन्सी । वेष्ट इन्डिजसँगको ३ खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको शृंखला बंगलादेशले जितेको छ । अन्तिम तथा तेस्रो टि–ट्वान्टी क्रिकेट सिरिजको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई १९ रनले पराजित गर्दै २–१ ले सिरिज जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । बंगालदेशका लागि लिटोन दासले ६१ रन बनाए । निकै विष्फोटक ब्याटिङ गरेको ओपनर दासले ३२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, बंगलादेशका लागि मोहमुदुल्लाहले अविजित ३२, कप्तान सकिब अल हसनले २४ र तमिम इकबलले २१ रनको योगदान दिए ।
वेष्ट इन्डिजले १८५ रनको लक्ष्य पाएको थियो ।  वर्षाको कारण खेल १७.१ ओभरमा छोट्याएपछि वेष्ट इन्डिजले १५५ रनको चुनौती पाएको थियो । वेष्ट इन्डिजले १७.१ ओभरमा ७ विकेटको क्षतिमा १३५ रन मात्रै बनाएपछि बंगलादेशले जित हात पारेको हो ।

वेष्ट इन्डिजका लागि एन्ड्रे रुसेलले ४७ रन बनाए । उनले ६ छक्का र १ चौका प्रहार गर्दै वेष्ट इन्डिजलाई जित नजिक पु¥याएका थिए । तर मुस्ताफिजुर रहमानको बलमा उनी आउट भएसँगै वेष्ट इन्डिजले हार ब्यहोरेको हो ।
बंगलादेशका लागि बलिङतर्फ मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.