प्रेमी निकको कन्सर्टमा प्रियंकाको हुटिङ

784 total views, 3 views today

एजेन्सी । आइतबार राती प्रियंका चोपडाका ब्वाईफ्रेन्ड निक जोनस सिंगापुरमा एउटा कन्सर्टमा आफ्‍नो प्रस्तुती  देखाईरहेका थिए ।  यो कन्सर्टको भिडियो र तस्बिरहरु ईन्टरनेटमा छाएका छन् । पोष्ट भएको भिडियोमा प्रियंकाले निकका लागि हुटिङ्ग गरिरहेको देख्‍न सकिन्छ ।

कन्सर्टमा प्रियंकाले निकलाई हुटिङ्ग गरेको यो भिडियो अहिले भाइरल भएको छ । भिडियोमा निक स्टेजमा  प्रस्तुती गरिरहेका छन् भने प्रियंका दर्शकको बीचमा गएर हुटिङ्ग गरिरहेकी देखिन्छन् । प्रियंकाले आफ्नो इन्स्टा स्टोरीमा निकको यो कन्सर्टका थुप्रै तस्बिरहरु पोष्ट गरेकी छन् ।

सिंगापुरमा आयोजना भएको यो कन्सर्टमा प्रियंका र निकको ब्याक स्टेज फोटो पनि खुबै भाइरल भएका छन् । निकले कन्सर्टमा प्रफम गरिरहँदा दर्शकहरुले प्रियंकाको नाम लिएर हुटिङ्ग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार