![]()
काठमाडौ,असार ।
रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय स्रोतले जनाएको छ ।
यसैगरी, सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा २०६९ सालमा लागू गरिएको फास्टट्रयाक प्रणाली पनि सैनिक नियमावली संशोधनसँगै खारेज हुने स्रोतले जानकारी दिएको छ ।
शिक्षा, स्वास्थ्य, विकास निर्माण, इन्धन खरिद विक्रि लगायतका क्षेत्रमा सेनाको भूमिका विवादास्पद हुन नदिन दायरा संकुचन बनाउने पनि रक्षाको तयारी छ।


