![]()
एजेन्सी । श्रीलंकाली राष्ट्रिय क्रिकेट टिमका कप्तान दिनेश चन्दीमालले बल टेम्परीङ गरेको आरोपमा कारबाही गरिएको छ । उनले वेष्ट इन्डिजविरुद्धको टेष्ट खेलमा बल ट्याम्परीङ गरेपछि उनीमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील(आईसीसी) एक टेष्ट खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
श्रीलंका र वेष्ट इन्डिजबीचको दोस्रो टेष्टका दौडान उनले बलमा कृतिम बस्तुको प्रयोग गरि बल फालेको आरोप लागेको छ । उनलाई शनिबार हुनलागेको श्रीलंका र वेष्ट इन्डिजबीचको फाइनल खेलमा प्रतिबन्ध लगाइएको हो ।
खेलका रेफ्री जभागल श्रीनाथले भनेका छन् सिसिटिभीको फोटोमा स्पष्ट देखिएको छ कि चन्द्रीमालले बलमा केही कृतिम वस्तुको प्रयोग गरेका छन् । चन्द्रीमालको बचाउका लागि टेष्टको तेस्रो दिन श्रीलंकाली खेलाडीहरुले २ घण्टा खेल अवरुद्ध गरेका थिए । सेन्ट लुकाजमा भएको खेलमा वेष्ट इन्डिजले १—० अंकको अग्रता रहेको छ ।
२०१६ मा दक्षिण अफ्रिकाका कप्तान फफ डु प्लेसिसले मिठाई खाएका कारण औंला चिप्लो भएर बल बिगारेको भन्दै कारबाही गरिएको थियो । त्यसैगरी, दक्षिण अफ्रिकामा भएको खेलमा अष्ट्रेलियन कप्तान स्टेभन स्मिथ र उप—कप्तान डेभिड वार्नर बल ट्याम्पिरिङ काण्डमा १ वर्ष प्रतिबन्धमा परेका छन् ।


