![]()
हेटौंडा । नेपाली कांग्रेसमा युवा नेता भनेर चिनिएका केही नेताहरुले हेटौंडामा जारी जिल्ला सभापतिहरुको भेलामा पनि बखेडा सृजना गरेका छन । चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवहरुको समूहले जिल्ला सभापतिहरुलाई पत्राचार गरी नेतृत्वबिरुद्ध उभिन पत्राचार नै गरेका छन ।
उनीहरुले पार्टीको नेतृत्व, संगठनात्मक स्वरुप र कार्यशैली परिवर्तनका विषयमा सशक्त ढंगले आवाज उठाउन जिल्ला सभापतिहरुलाई अपिल गरेका छन् ।
पार्टीमा चर्चा कमाउनकै लागि केही न केही गरिरहने यी युवा नेताहरुले पार्टीलाई संगठित र एकताबद्ध बनाएर लैजान भूमिका खेल्नु भन्दा पनि नेतृत्वबिरुद्ध उचाल्न खोजेर अर्को विवादको बिजारोपण गरेका छन । पार्टीमा आन्तरिक एकता भएन भन्ने तर एकता हुन नदिन आफै गुटवन्दीमा लागिरहने उनीहरुको स्वभाव हेटौंडा सम्मेलनमा पनि छताछुल्ल भएपछि संस्थापन र पौडेल पक्षधर नेताहरु छक्क परेका छन ।
जिल्ला सभापतिहरुलाई बाँडेको तीन पृष्ठ लामो अपिल पत्रमा भनिएको छ, ‘अहिलेकै शैली, नेतृव र वैचारक अलमलवाट सशक्त प्रतिपक्षीय भूिमका सभव छ ? छैन । अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेडालाई बोकेर हिड्न सक्ने संगठनको खाका कोर्न जरुरी छ ।’
यी आठ जना केन्द्रीय सदस्यहरुले गएको चैत महिनामा पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा पार्टी सुधारका लागि ५१ पृष्ठको अवधारणा प्रस्तुत गरेका थिए ।
।


