Breaking News.... EverestOnlineKhabar
June 24, 2026

रूस बिश्वकप फुटबलको दोस्रो चरणमा पुग्ने पहिलो राष्ट्र, इजिप्ट बाहिरिने निश्चित

Loading

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ मा भएको खेलमा आयोजक रसियाले लगातार दुई खेलमा जित हात पार्दै प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेसँगै रसिया प्रिक्वाटरफाइनलमा पुगेको हो । लगातार दोस्रो हारसंगै इजिप्ट भने बाहिरिने स्थितिमा पुगेको छ ।

पहिलो खेलमा साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गरेको रसियाले दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले पराजित गरेको हो । रसियाको जितका लागि डेनिस चेरिशेभ र आर्टिम ज्युबाले गोल गरे भने एक गोल उपहार स्वरुप पाएको थियो । त्यस्तै, इजिप्टका लागि मोहमद सलाहले एक गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed