![]()
एजेन्सी । एप्पल कम्पनीले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्ने भएको छ । दोश्रो पुस्ताको आइफोन एक्स सँगै, एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६.१ इन्चको अर्को एक आइफोन एप्पलले बजारमा ल्याउने भएको हो ।
आइफोन एक्स प्लसमा वावे पी २० मा जस्तै ट्रिपल रियर क्यामरा हुनेछन् । अर्थात् नयाँ आइफोन एक्स प्लसमा तिनवटा मुख्य र एउटा सेल्फी गरी चारवटा क्यामरा हुनेछन् ।
ट्रिपल लेन्स रियल क्यामरा थ्री डी सेन्सिंग प्रविधियुक्त हुनुका साथै उत्कृष्ट जूम फिचरको साथ उपलब्ध हुने बताइएको छ ।
एप्पलले ल्याउने भनिएको ६.१ इन्चवाला आइफोनको नाम चाहीँ आइफोन नाइन हुनसक्ने बताइएको छ । यसमा विशेष तहसँगै एलसिडी डिस्प्ले हुनेछ ।
आगामी सेप्टेम्बरमा एप्पलले आफ्ना नयाँ आइफोन घोषणा गर्नसक्ने विश्वास गरिएको छ ।


