Breaking News.... EverestOnlineKhabar
June 24, 2026

२०१८ को पहिलो ३ महिनामा फेसबुकको काराेबार ५० प्रतिशतले बढ्यो

Loading

एजेन्सी ।  २०१८ को पहिलो ३ महिनामा फेसबुकको काराेबार ५० प्रतिशतले बढेको छ।   प्रयोगकर्ताको व्यक्तिगत डाटा अवैधानिक ढंगबाट प्रयोग गरेको आरोप लागेपनि  फेसबुकको काराेबार सबैभन्दा बढेको छ।

कम्पनीले जनाएअनुसार यस वर्षको पहिलो ३ महिनामा विज्ञापनबापत उसले अघिल्लो वर्षको यहि समयमा भन्दा बढी करसमेत तिरेको छ। जनवरीदेखि मार्चसम्म उसले ११ दशमलब ९ बिलियन अमेरिकी डलर कर तिरेको हो। अघिल्लो वर्षको पहिलो ३ महिनामा उसले ७ दशमलब ८ बिलियन डलर मात्रै कर तिरेको कम्पनीले जनाएको छ।

अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ३ बिलियन नाफा कमाएकोमा यस वर्ष नाफा पनि बढेर ४ दशमलब ९ बिलियन डलर पुगेको कम्पनीले जनाएको छ।

गएको मार्चमा राजनीतिक परामर्श दिने बेलायती संस्था क्याम्ब्रिज एनलाइटिकासँग मिलेर फेसबुकले लाखौं प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैधानिक रुपमा प्रयोग गरेको आरोप लागेको थियो। फेसबुकले आफ्ना ८७ मिलियन प्रयोगकर्ताको डाटा क्याम्ब्रिज एनलाइटिकालाई दिएको स्विकार गर्दै माफिसमेत मागेको छ।

मार्चमा फेसबुक दैनिक प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा समेत वृद्धि भएर १ दशमलब ४५ मिलियन पुगेको छ। जो वार्षिक १३ प्रतिशतको दरले बढ्दै गएको कम्पनीले दावी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed