Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एमाले र माओवादी केन्द्रको एकतापछि अष्ट्रेलियामा खुशीयाली, अष्ट्रेलियास्थित संगठनपनि एकताको अन्तिम तयारीमा

Loading

एजेन्सी । नेपालमा दुई ठूला कम्युनिष्ट पार्टी (नेकपा एमाले र माओवादी केन्द्र ) बीच एकता भइ नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी गठन भएकोमा नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाले स्वागत गरेको छ ।

मञ्चका केन्द्रीय सदस्य चोलाकान्त भुषालले दुई पार्टी एकीकरणसंगै अष्ट्रेलियामा रहेका संगठनबीच पनि एकताको सहमति भैसकेको जानकारी दिनुभयो । एकताका सैद्धान्तिक आधारमा सहमति भैसकेको र प्राविधिक तयारीपछि एउटै संगठन निर्माण गरी अघि बढने तयारीमा रहेको उहाँले बताउनुभयो । दुई संगठन एक भएपछि प्रवासका समाजिक काममा सरसल्लाह गरेर एकरुपताकासाथ अघि बढने मञ्चले स्पष्ट पारेको छ ।

मञ्चले राज्य कमिटीका संगठन तथा नेतृत्वहरुलाई पनि एकताबद्ध भई अगाडि बढन अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed