![]()
एजेन्सी । बलिउड अभिनेता सलमान खानले एक टीभी कार्यक्रमका लागि कतिसम्म पारिश्रमीक लिन्छन् भन्ने खुलेको छ। उनले एक टेलिभिजन कार्यक्रमका लागि ५ करोड पारिश्रमीक लिने गरेको बताइएको छ।
केही समयपछि एक भारतीय टीभी च्यानल मार्फत प्रशारणमा आउन लागेको कार्यक्रम ‘दशका दम’का लागि उनले प्रति एपिसोड ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने भएका हुन्।
उक्त टेलिभिजन कार्यक्रम ९० मिनेटको हुने छ। जुन कार्यक्रम हप्ताको २ दिन प्रशारणमा आउने छ भने २ वटा कार्यक्रमको सुटिङ एकै दिनमा गरिने छ। यस अनुसार सलमानले एकै दिनमा १० करोडको आम्दानी गर्नेछन्।


