Breaking News.... EverestOnlineKhabar
July 7, 2026

इंग्ल्यान्डका मिडफिल्डर च्याम्बरलिनले रुस विश्वकप फुटबल गुमाउने

Loading

एजेन्सी । इंग्ल्यान्डका मिडफिल्डर एलेक्स ओक्लेड च्याम्बरलिनले रुस विश्वकप फुटबल गुमाउने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत रोमाविरुद्धको खेलको दौरान घाइते भएपछि लिभरपुलका च्याम्बरलिनले  विश्वकप गुमाउने भएका हुन् ।

घरेलु मैदानमा लिभरपुलले रोमालाई ५ – २ ले हराएको खेलको पहिलो हाफमा च्याम्बरलिन घाइते भएका थिए ।  खेलको १५ औं मिनेटमा रोमाका एलेक्सान्डर कोलारोभविरुद्ध ट्याकल हानेर बल खोस्ने प्रयास गर्दा च्याम्बरलिनले घुडाको चोट बोकेका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो ।

२४ बर्षिय च्याम्बरलिनको घुडाको लिगामेन्ट च्यातिएको  छ ।  लिभरपुलले प्रेस विज्ञप्ति निकाल्दै उनले च्याम्पियन्स लिगको अबको खेल र रुस विश्वकप गुमाउने जनाएको छ ।  यस्तै च्याम्बरलिनलाई चोट मुक्त हुन् धेरै समय लाग्ने बेलायती समचार सस्था बीबीसीले लेखेको छ ।

यसै सिजन लिभरपुल आएका चेम्बरलिनले लिभरपुलबाट ४१ खेल खेलेका छन् । आर्सनलबाट एनफिल्ड आएका च्याम्बरलिनले लिभरपुलका लागि पाँच गोल गरिसकेका छन् ।

च्याम्बरलिनले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ३२ खेल खेलिसकेका छन् । आगामी जुनबाट सुरु हुने विश्वकपमा च्याम्बरलिन इंग्ल्यान्ड टोलीमा पर्ने सम्भावना बलियो रहेको थियो । जुन १४ बाट सुरु हुने विश्वकपमा इंग्ल्यान्ड समूह जी मा रहेको छ । इंग्ल्यान्डले बेल्जियम, पानामा र ट्युनिसियासँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.