Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

काठमाडौं । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समिति समक्ष बयान दिने क्रममा एकाएक गृह मन्त्रालयबाटै गायव भएका प्रहरी नायव उपरिक्षक (डीएसपी) सञ्जय राउत सम्पर्कमा आएका छन् ।  बिहिबार बिहान राउत   सम्पर्कमा आएका हुन् ।

वैशाख ११ गते साँझ मन्त्रालयमा बयान दिने क्रममा बहाना बनाएर बाहिर निस्केका राउत एकाएक फरार भएका थिए । २०७४ माघ ९ गते काठमाडौंको रत्नराज्य स्कूल अगाडी लुटिएको भनिएको ३३ किलो सुन र सोही सुनको गवाही लिने क्रममासनम शाक्य हत्या प्रकरणमा राउतको पनि संलग्नता देखिएको भन्दै समितिले अहिले उनिमाथि बयान लिइरहेको छ ।

मंगलबार बयान लिइएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विकासराज खनाल र महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलाई समितिले जिल्ला प्रहरी कार्यालय बिराटनगर पठाएर संगठीत अपराध मुद्धामा अनुसन्धान शुरु गरेको छ ।

एसपी खनाल र सई सञ्जेलमाथि जिल्ला अदालत मोरङबाट संगठित अपराधमा म्याद लिएर अनुसन्धान शुरु गरिएको छ । समितीले पुर्व डिआईजी गोविन्द निरौलाई पनी नियन्त्रणमा लिएर संगठीत अपराध मुद्धामा अनुसन्धान गरिरहेको छ ।

फागुन १८ गते धरानमा यातना दिने क्रममा मारिएका सनम शाक्यको शव बरामदी प्रक्रियामा त्रुटी देखिएपछि समितिकै सिफारिसमा प्रहरी प्रधान कार्यालयले अपराध महाशाखाका एसएसपी विदेश लोहनी र डिएसपी प्रजित केसीलाई महाशाखाको जिम्मेवारीबाट हटाएको थियो ।

लोहनी र केसी प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन् भने उक्त घटनमा जोडिएका सई सञ्जेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.