Breaking News.... EverestOnlineKhabar
June 27, 2026

रुपन्देही जिल्ला फुटबल संघमा केसी निर्वाचित

Loading

बुटबल,पुस ।
रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी विजयी भएका छन् । उनले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गरे । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोश्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।
भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापा केसीलाई हराउने अभियानमा थिए । तर उनको आग्रहलाई अस्वीकार गर्दै रुपन्देहीका क्लबहरुले केसीलाई नै अध्यक्षमा जिताएका हुन् । फुटबलमा प्रतिबन्धमा परे पनि आफ्नो पक्षमा लबिङ थालेको भन्दै फुटबल क्षेत्रकै व्यक्तिहरु थापाप्रति आक्रोशित थिए ।
थापाले एन्फामा रहँदा आर्थिक हिनामिन गरेको भन्दै एन्फाका पूर्वउपध्यक्ष कर्माछिरिङ शेर्पाले सुरु गरेको शुद्धीकरण अभियानलाई साथ दिएका कारण थापा केसीलाई हराउने योजनामा थिए । एन्फाले माघ ५ गतेसम्म चुनाव गर्न ४५ वटा जिल्लाका संघलाई निर्देशन दिएको थियो । जस अनुसार चुनाव भएको रुपन्देही नवौं जिल्ला हो । जिल्ला अधिवेशन सकिएपछि चैत १४ गते एन्फाको चुनाव हुनेछ ।
सोमबार राती भएको चुनावबाट संघको उपाध्यक्षमा भुपेन्द्रबहादुर क्षेत्री (हरि) मुकेह कुँवर र खेमराज गुरुङ विजयी भए । सदस्यहरुमा होम गलामी, सोमबहादुर थापा , पदमबहादुर थापा , जुक्तबहादुर थापा, मनोजकुमार थापा, इसान भण्डारी, शंकर मल्लाह र प्रेम राना विजयी भएका छन् । संघको पहिलो बैठकले महासचिव, सचिव र कोषाध्यक्ष मनोनित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.