![]()
एजेन्सी,पुस ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आफ्नो देशलाई धोका दिएको आरोप लगाएका छन् । पछिल्लो १५ वर्षमा पाकिस्तानलाई अर्बौं डलरको सहायता दिएको तर उसले अमेरिकालाई धोका दिएका ट्रम्पले ट्वीट मार्फत आरोप लगाएका हुन् ।
पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय रहेको ट्रम्पको भनाई छ । पछिल्लो १५ वर्षमा अमेरिकाले ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर पाकिस्तानले त्यसको बदलामा धोका, झुठ र छल बाहेक केही नदिएको ट्रम्पले ट्वीटमा उल्लेख गरेका छन् ।
पाकिस्तानले अफगानिस्तानका आतंकवादीलाई आश्रय दिएको समेत ट्रम्पले आरोप लगाएका छन् ।


