Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बामगठबन्धनले निर्वाचन आयोगलाई गैरसंवैधानिक काम गर्न प्रेरित गर्नु अनुचित भएको कांग्रेसको निष्कर्ष

Loading

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगलाई प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न बामगठवन्धनले दिइरहेको दबाबलाई गैर संवैधानिक र अनुचित ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिन वामगठबन्धनलाई आग्रह पनि गरेको छ ।

बैठकबारे जानकारी दिंदै नेता बालकृष्ण खाँणले भने, ‘हिजो उहाँहरुले दिएको जस्तो दबाब हरेक राजनीतिक दलले दिने हो भने आयोगले संवैधानिक व्यवस्था अनुसार चुनाव गर्नै सक्दैन आयोगलाई गैरसंवैधानिक काम गर्न प्रेरित गर्नु र दबाब दिनु अनुचित हो ।’

नेता खाणका उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलि नै प्रमुख दलका नेताहरुसँग परामर्श गरी राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed