Breaking News.... EverestOnlineKhabar
June 27, 2026

बलिउड अभिनेत्री प्रियंका चोपडा सय शक्तिशाली महिलाको सूचीमा

Loading

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी छन् । प्रियंका ‘फोर्ब्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा चोपडा ९७ औं स्थानमा परेकी हुन् ।

मनोरञ्जन र मिडियाको शक्तिशाली महिलाको सूचीमा भने उनी १५ औं स्थानमा छिन् । यो विधामा वियोन्से चौथो, टेलर स्विफ्ट १२ औं र जे. के रोलिङ १३ औं स्थानमा छन्। । शक्तिशाली महिलाहरुको १०० जनाको सूचीमा भने प्रियंकाको साथमा वियोन्से ५०औं, टेलर ८५ औं स्थानमा छन् । सूचीको पहिलो नम्बरमा जर्मन चान्सलर एन्जेला मर्केल छिन् । यो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प पनि छन् ।

फोर्ब्सले प्रियंकाबारे लेखेको छ, ‘हलिउडबाट बलिउड प्रवेश गरेकी प्रियंका एक सफल अभिनेत्री हुन् । २००३ बाट अभिनय यात्रा सुरु गरेकी उनले ४० भन्दा बढी बलिउड फिल्म र हलिउड फिल्म ‘बे वाच’ मा अभिनय गरेकी छन् । हलिउडको क्वान्टिको टिभी कार्यक्रममा उनी धेरै कमाउने अभिनेत्री हुन् । साथै, उनी पर्पल पेबल नामक फिल्म कम्पनीबाट फिल्म निर्माण समेत गर्छिन् ।’

प्रियंका हाल अमेरिकामा आफ्नो टेलिभिजन शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङमा व्यस्त छिन् भने उनको अर्को हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ प्रदर्शनको तयारीमा छ । यसै वर्ष रिलिज भएको हलिउड फिल्म ‘बेवाच’ मा प्रियंकाले भिलेनको चरित्र निभाएकी थिइन् ।

बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने बलिउड नायिकाको रुपमा गत वर्ष उनी ७औं स्थानमा पनि रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.