Breaking News.... EverestOnlineKhabar
June 27, 2026

एकदलिय शासन लादन प्रचण्ड र ओलीबीच सहमति : प्रकाशमान सिंह

Loading

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम काठमाडौं क्षेत्र नम्बर १ का लागि नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले मुलुकमा साम्यवादी व्यवस्था आउन नदिन आगामी चुनावमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एमाले र माओवादीको साम्यवादी व्यवस्था ल्याउने योजनालाई नेपाली जनताले रोक्नुपर्ने बताउनुभयो ।

एमाले र माओवादी केन्द्रले दश वर्षभित्र मुलुकमा साम्यवादी कम्युनिष्ट व्यवस्था ल्याउने गरेर घोषणा गरेको भन्दै उहाँले लोकतन्त्रवादी शक्तिले गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको धारणा राख्नुभयो ।

‘केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट शासन ल्याउने कुरा गरेका छन् । उनीहरुले यस्तो सहमति गरेका छन् । ’ नेता सिंहले भन्नुभयो । साम्यवादी कम्युनिष्ट व्यवस्था नेपालमा आयो भने जनताको सबै हकअधिकार खोसिने उहाँले बताउनुभयो ।

साम्यवादी व्यवस्था विश्वभरिबाट किन पतन भयो भन्ने कुरा एमाले र माओवादी केन्द्रलाई सोेच्न नेता सिंहले सुझाव दिंदै भन्नुभयो, ‘साम्यवादी कम्युनिष्ट व्यवस्था व्यक्तिको जन्मसिद्ध अधिकार विरुद्धको कुरा हो’, उनले भने, ‘जनताको अधिकार छिन्ने । एकदलीय शासन व्यवस्था ल्याउने । सबै कुरा केन्द्रबाट नियन्त्रण गर्ने । कम्युनिष्टहरूले बिरोधीलाई बोल्न नदिएर निषेध गर्नेसम्मका कार्य गर्ने छन् ।’
संविधानको रक्षा गर्नका लागि पनि कांग्रेसको जित आवश्यक रहेको सिंहको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.