Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भारतीय राजदूतले चुनाव भाँडन खोजेको चित्रबहादुर केसीको आरोप, भारतीय नागरिक हतियारसहित पक्राउ पर्नु गम्भीर

Loading

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय राजदूत मञ्जिभ सिंह पुरी नेपालपमा चुनाव भाँडन उद्धत भएको आरोप लगाएका छन् ।

केसीले विज्ञप्ति जारी गर्दै संविधानलाई कार्यान्वयन हुन नदिन र निर्वाचनलाई असफल बनाउन वा मधेशवादीसहितको नेपाली कांग्रेसको गठबन्धनलाई सहयोग गर्न भारत सक्रिय रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमा काठमाडौंमा गत बुधबार दुईजना भारतीय अटोमेटेड अत्यधुनिक पेस्तोल र त्यसमा लाग्ने गोलीहरु सहित पक्राउ पर्नु गम्भीर भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको संवेदनशीलताको बेलामा भारतीयहरुले हतियारले फायरिङग गरेको अवस्थामा भेटिनु गम्भीर कुरा हो । यसले राज्यको कमजोर सुरक्षा स्थितिलाई बताउँछ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन हामी जोड दिन्छौं । ’

भारतीय विस्तारवादको हस्तक्षेपकारी भूमिकालाई सरकारले मौन समर्थन गरेको आरोप समेत केसीले लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.