Breaking News.... EverestOnlineKhabar
June 25, 2026

शौच गराउँदा मलद्वाराबाट सुनका चार डल्ला फेला परेपछि भारतीय नागरिक पक्राउ

Loading

काठमाडौं। दिशा गर्दा सुना डल्ला भेटिएपछि एक भारतीय नागरिक पक्राउ परेका छन् । दुबईको उडानबाट काठमाडौं आएका ३१ वर्षीय भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले पक्राउ गरेको हो । विमानस्थलमा उनको ब्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई सोधपुछ गरी काठमाडौं मेडिकल कलेजमा लगेर एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो ।

त्यसपछि प्रहरी वृत्त गौशालामा उनलाई उनलाई शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनका चार वटा डल्ला फेला पारेको प्रहरीले जनाएको छ ।

उनिमथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीका यस्तै घटनाहरु घटिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed