Breaking News.... EverestOnlineKhabar
June 25, 2026

प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं राष्ट्रपति- भण्डारी

Loading


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।

आज उनले ट्वीट गर्दै भनेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा सदस्य समेत रहेका नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।

क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।
गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed