Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रश्न सोध्दा पनि प्रश्नको एउटा सीमा र मर्यादा हुन पर्छ:प्रधानमन्त्री ओलीको आक्रोस

Loading

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछि प्रतिपक्षी सांसदहरुले त्यसको विरोध गरेका छन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका छन्।

सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको भन्दै पटक पटक सांसदहरुलाई बस्न अनुरोध गरेपनि सांसदहरुले उठेर विरोध जनाए।

प्रश्न सोध्दा पनि प्रश्नको एउटा सीमा र मर्यादा हुन पर्छ भनेर प्रधानमन्त्रीले सांसदहरुले पुन: विरोध गरेका थिए। सांसदहरुले प्रश्न सोध्ने अधिकार भए पनि अपशव्द सोध्ने अधिकार होइन भन्दै प्रधानमन्त्रीले भनेका थिए। माननियको ध्यानाकर्षण गर्न खोजेको हुँ भन्दै प्रधानमन्त्रीले मर्यादित ढंगले प्रश्न सोध्न पाउने तर अपशव्द सोध्न नपाउने भन्दै जवाफ दिएका थिए।

सांसदहरुको विरोधपछि प्रधानमन्त्रीले जवाफ टुंगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed