Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । इण्डोनेशियाको तटीय शहरमा ७.५ म्याग्निच्यूडको भूकम्पपश्चात आएको शक्तिशाली सुनामीले ३ सय ८० भन्दा बढी मानिसको ज्यान गएको छ। तीन मिटरसम्म उचाइको सुनामीको छाल सुलावेसी टापु हुँदै पालु शहर आएको थियो।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा मानिसहरू आत्तिएर चिच्याइरहेको अनि भागिरहेको देखिन्छ। एउटा मस्जिदमा पनि क्षति पुगेको देखिन्छ। शक्तिशाली परकम्पले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको छ।

अस्पताल, होटल र किनमेल केन्द्रहरूसहित हजारौं घरहरू भत्किएका छन्। उद्धार कार्य जारी छ तर बिजुली आपूर्ति अवरुद्ध भएका कारण असर परिरहेको छ। पहिरोका कारण पालु शहर जाने मुख्य बाटो अवरुद्ध भएको छ।

गत महिना, लोम्बोक टापुमा श्रृंखलावद्ध रुपमा विनाशकारी भूकम्पहरू जाँदा अगष्ट ५ तारिखमा सबैभन्दा ४ सय ६० भन्दा बढी मानिसहरूको ज्यान गएको थियो। उक्त क्षेत्रमा रहेका एएफपी समाचार संस्थाका फोटोग्राफरले कैयौं मानिसहरूको ज्यान गएको बताएका छन्। भूकम्पको क्षतिले मानिसहरूको ज्यान गएको वा सुनामीका कारण भएको भन्ने स्पष्ट भएको छैन।

सुलावेसीको मध्य भागमा १० किलोमिटरको गहिराइमा स्थानीय समय अनुसार ६ बज्नु केहीबेरअघि भूकम्प गएको अमेरिकाको भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ। सुनामीबारे सुरुमा सतर्क गराइए पनि एकघण्टाभित्रै त्यस्तो सतर्कता फिर्ता लिइएको थियो।

भूकम्पको केन्द्रविन्दु रहेको क्षेत्रभन्दा ८० किलोमिटर टाढा रहेको पालु सहरमा समुद्री छालहरूले कैयौं भवनहरू बगाएको र एउटा ठूलो मस्जिद ढल्किएको नाटकीय खालको एउटा भिडिओमा देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed