Breaking News.... EverestOnlineKhabar
May 1, 2026

करिना अब रेडियो कार्यक्रम संचालक, पहिलो गेष्ट सन्नी लियोन

Loading

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर अब रेडियो कार्यक्रम प्रस्तोताको रुपमा आउने भएकी छिन्। करिनाको प्रस्तुतिमा रहेको रेडियो कार्यक्रम आउँदो डिसेम्बर महिनाबाट प्रसारण हुनेछ।

करिना रेडियो कार्यक्रम प्रस्तोता बन्न लागेको खबर भने उनी आफैँले सार्वजनिक गरेकी हुन्। उनले आफ्नो इन्स्टाग्राम एकान्टमा स्टुडियोमा रहेको एक तस्बिर सार्वजनिक गर्दै आर.जे. को अवतारमा आउदै गरेको संकेत गरेकी थिइन्।

सञ्चारमाध्यममा उल्लेख भएअनुसार करिनाको प्रस्तुतिमा रहने कार्यक्रमको पहिलो भाग तयार भइसकेको छ। जसमा  गेष्टको रुपमा अर्की अभिनेत्री सन्नी लियोनी रहेकी छन्।

कार्यक्रममा करिना र गेष्टबीच फिल्मी करियर र व्यक्तिगत जीवनका विषयमा कुराकानी हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed