Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौ।  विशेष अदालतले तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंक (हाल यति विकास बैंक)का अध्यक्ष सीताराम प्रसाईंसहित पाँच जनालाई भ्रष्टाचारी ठहर गरेको छ। विशेषका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल तथा प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीहरुले कर्जा अपचलन गरेको भन्दै दोषी ठहर गरेको हो।

अध्यक्ष प्रसाईलाई ३५ लाख जरिवाना र १ वर्ष कैद हुने ठहर गरेको छ। कर्जा अपचलनमा संलग्न रहेको भनी १० महिना र अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह नगरेकोमा थप २ महिना गरी एक वर्ष कैदको फैसला सुनाएको हो। साेही प्रकरणमा संलग्न रहेका हिम गुरुङलाई ३५ लाख जरिवानासहित ६ महिना कैद, सुनील प्रधानलाई १ वर्ष कैद, पदमप्रसाद खतिवडालाई ६ महिना कैद सहित १० हजार जरिवाना र कर्जा लिने केशवलाल खुशीलाई ७० लाख  बिगो भराई थप ७० लाख जरिवाना गरी कुल १ करोड ४० हजार असुल गर्ने फैसला गरेको हाे। ७० लाख बिगो बैंकलाई खुशीले फिर्ता गर्नु पर्ने र सोही बराबर जरिवाना दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ।

उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्जा अपचलनको आरोपमा २०७० साल मंसिर २८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed