Breaking News.... EverestOnlineKhabar
May 1, 2026

 प्रचण्डसंगै सरकारका काम कारवाहीप्रति माधव नेपाल पनि दिक्क

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपालले पनि सरकारका काम कारवाहीप्रति तीतो पोखेका छन । सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति दैनिक तीतो पोखिरहेकाबेला बिहीबार नेता नेपालले पनि आफनो दिक्दारी पोखेका हुन ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै नेता नेपालले जता गयो त्यति आलोचना र खिसिट्यूरी हुने अवस्था आएको उल्लेख गरे । ‘छलफल गर्ने, सुन्ने बानी विकास गरेर राम्रो काम गर्दा साथ सहयोग प्राप्त हुन्छ, राम्रा गर्नु भएन भने सहयोग हुँदैन’ नेता नेपालले भने, ‘जता गयो त्यतै आलोचना खिसिट्यूरीबाहेक केही छैन ।’ उनले बजेट निर्माणदेखि अहिलेसम्मको कामको समीक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘अर्को अधिवेशनमा शिर ठाडो गरेर आउनुहोस्’ नेता नेपालले भने । निर्मला पन्तको बलात्कार पछिको हत्यालगायतका घटनाको समेत प्रसंग उक्काउँदै नेता नेपालले यसमा छिटो परिणाम दिन ध्यानाकर्षण गराए । ‘दोषी पत्ता लागेका छ कि छैनन्, गिरफ्तार भएका छन् कि छैनन् । मान्छे त्यो हेर्न चाहन्छन् परिणाम दिइसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुने थियो’ नेता नेपालले भने,‘यो कानले सुन्नु पर्ने थिएन, जुन जोगी आए पनि कानै चिरेका ।’

उनले कमसेकम जनताले के भनिरहेका छन् त्यसलाई सुन्ने प्रयास गर्न सरकारलाई सुझाव दिए । ‘कमसेकम जनताले के भन्छन् भन्ने कुरा जवाफ दिनका लागि मात्र होइन महसुस गर्ने गर्नुहोस्, कहाँ छन् समस्या खोज्ने र समाधान गर्ने आट गर्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed