Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । बंगलादेशमा हुन लागेको यु–१९ एसिया कप क्रिकेटको लागि नेपाली टोलीको घोषणा गरिएको छ । यु–१९ टिमका मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्काले मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

नेपाली टोलीले मोहम्मद आसिफ शेखको कप्तानीमा सो प्रतियोगिता खेल्नेछ । कमल सिंह ऐरीलाई उपकप्तानको जिममेवारी दिइएको छ। एसिया कप सेप्टेम्वर १९ बाट अक्टोवर ७ सम्म हुनेछ ।

यू-१९ एसिया कपमा नेपाल समूह ए मा छ। नेपालले पहिलो खेलमा भारतसँग भिड्नेछ। समूहमा नेपाल र भारतसहित अफगानिस्तान तथा युएई छन्। यस्तै समूह बी मा आयोजक बंगलादेशसहित पाकिस्तान, हङकङ र श्रीलंका रहेका  छन्। प्रतियोगिताका लागि नेपाली टिम असोज ११ गते बंगलादेश जानेछ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने मनोज कटुवाल सहायक प्रशिक्षक छन्। यस्तै शक्ति गौचन व्यवस्थापक रहेका छन्। विक्रम न्यौपाने फिजियो छन्।

नेपाली टोली: मोहम्मद आरिफ शेख (कप्तान),  कमल सिंह ऐरी(उपकप्तान),  रोहित कुमार पोडेल,  रवि शाह, नन्दन यादव, रित गौतम, पवन सर्राफ, रविन्द्र जंग शाही, रसिद खान, भीम सार्की, तृतराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सुर्य तामाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed