Breaking News.... EverestOnlineKhabar
May 1, 2026

न्यूजिल्याण्डकी प्रधानमन्त्री तीन महिने छोरी बोकेर राष्ट्रसंघको बैठकमा

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघमा तीन महिने बालिकाले प्रवेश पाएकी छिन्। न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्दा एड्रेन तीन महिनाकी छोरी बोकेर राष्ट्रसंघको ७३ औं महासभामा पुगेकी हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेकी जेसिन्दाले आफ्नी तीनमहिने बच्चा लिएर सत्र घण्टाको हवाइ यात्रा तय गरेर न्यूयोर्क पुगेकी हुन्। उनले नेसनल मण्डेला शान्ति सभालाई सम्बोधन गरेकी छन्। प्रधानमन्त्री जेसिन्दाले सभालाई सम्बोधन गर्नु अघि बच्चालाई बाबुको जिम्मा लगाएकी थिइन्। सम्बोधन गर्नुअघि उनले छोरीलाई चुम्बन गरेकी थिइन्।

गत जुन २१ मा प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई जन्म दिएकी हुन्। यस अघि पाकिस्तानकी प्रधानमन्त्री बेनेजिर भट्टोले पाकिस्तानको प्रधानमन्त्री कालमा नै सन्तान जन्माएकी थिइन्। राष्ट्रसंघमा तीन महिने बच्चालाई प्रवेशका लागि राष्ट्रसंघले अनुमति दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed