![]()
एजेन्सी । क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलसम्म पुर्याउन कप्तानी गरेका मिडफिल्डर लुका मोडरिचले फिफा वेस्ट प्लेयर अवार्ड जितेका छन् । रियल मड्रिडका मोडरिचले क्रिष्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
क्रोएसियालाई विश्वकपको फाइनलसम्म डोहर्याउनु अघि ३३ वर्षे मोडरिचले रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । त्यसका साथै उनले रियलबाट फिफा क्लब विश्वकपको उपाधि पनि उचालेका थिए । विश्वकपमा उत्कृष्ट खेलाडी घोषित मोडरिचले गोल्डेन बल जितेका थिए ।
उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्राजिलकी फरवार्ड मार्टाले जितेकी छिन् । ओर्लान्डो प्राइडबाट खेल्ने मार्टाले अप्रिलमा सम्पन्न कोपा अमेरिकामा ब्रजिलको नेतृत्व गरेकी थिइन् । उनले यसअघि सन् २००६, २००८, २००९ र २०१० मा पनि उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी थिइन् ।

लिभरपुलका मोहम्मद सलाहले वर्षको उत्कृष्ट गोल फिफा पुस्कास अवार्ड जितेका छन् । एभर्टनविरुद्ध गरेको गोलबाट उनले यो अवार्ड जितेका हुन् ।
उत्कृष्ट खेलाडीहरु
पुरुष खेलाडीः लुका मोडरिच
महिला खेलाडीः मार्टा
प्रशिक्षक पुरुष टिमः डिडियर डेसच्याम्पस
प्रशिक्षक महिला टिमः रेनाल्ड पेड्रो
गोलकिपरः थिवाउट कोर्तुवा
पुस्कास अवार्डः मोहम्मद सालाह
फेयर प्ले अवार्डः लेननार्ट थेले
समर्थकः पेरुका समर्थक
ड्रिम टिम(विश्व ११):
गोलकिपर– डेभिड डी हिया (म्यानचेस्टर युनाइटेड)
रक्षक– ड्यानी आल्भेस(पिएसजी) राफेल भरान (रियाल मड्रिड), सर्जियो रामोस (रियाल मड्रिड), मार्सेलो (रियाल मड्रिड)
मिडफिल्डर– लुका मोडरिच(रियाल मड्रिड), एनगोलो कान्टे(चेल्सी) र इडिन हाजार्ड(चेल्सी)
फरवार्ड– किलियान एमबाप्पे(पिएसजी), क्रिष्टियानो रोनाल्डो(युभेन्टस) र लियोनल मेसी(बार्सिलोना)


