![]()
काठमाडौँ । असोज १५ गतेदेखि शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले बन्द प्रशिक्षण थालेको छ । एन्फा मैदान सातदोबाटोमा शुरु भएको उक्त प्रशिक्षणमा विराज महर्जनको कप्तानीमा २० खेलाडी सहभागी रहेको छ ।
साविक विजेता भएका कारण नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो । अघिल्लो संस्करणको पुरस्कार रकम अन्तिम समयमा पाएपछि नेपालले एक साताभन्दा कम समयको तयारीका साथ सो प्रतियोगिता खेल्न जाने भएको छ ।
यस पटकको टोलीको समेत बालगोपाल महर्जनले नै नेतृत्व गर्नेछन् भने कप्तानीको जिम्मेवारी विराज महर्जनलाई नै दिइएको छ । तयारी छोटो समयको रहेकाले प्रतियोगिताका लागि साफ च्याम्पियनसिप खेलेको टोली नै जाने एन्फाले जनाएको छ ।


