Breaking News.... EverestOnlineKhabar
June 24, 2026

भारतीयलाई नागरिकता बाँडने गरी ऐन संशोधन हुन सक्दैन : पूर्व प्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतीयलाई नागरिकता बाँडने सुविधासहित ल्याउन लागेको नागरिकता ऐनप्रति कडा आपत्ती जनाउनु भएको छ ।

नागरिक ऐनसम्बन्धि विधेयकका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाउनु भएको हो ।

संघीय संसदमा विचाराधीन सो विधेयक त्रुटिपूर्ण रहेको उल्लेख गर्दै उहाँले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । यसका लागि सरकार र संसदलाई खवरदारी गर्न उहाँले नागरिक समाजका अगुवासहित सबैलाई आग्रह गर्नुभयो ।

वरिष्ठ नेता खनालले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय हितलाई प्रबद्र्धन गर्न पनि संघीय संसद र सरकारले सो विधेयकलाई सच्याउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । नागरिकता दिने कामलाई सरकारले सचेत ढंगल अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याउँदै उहाँले नागरिकता वितरणसम्बन्धि हालको विवादलाई समाधान गर्न राष्ट्रिय बहसको आवश्यकतामाथि जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed