![]()
चितवन। नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताएका छन्।
जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभामा उनले नेकपालाई सबै तहमा अत्यधिक बहुमत रहेको अवस्थामा विकासका कार्य गर्न नसके अर्को निर्वाचनमा जनताले नेकपालार्इ नपत्याउने बताएका हुन्। प्रचण्डले भने, ‘सम्पूर्ण काम गर्छौं भन्दाभन्दै परिणामत गर्न सकेनौं भने कम्युनिष्ट पार्टीका लागि दुःखद् हुनेछ। जनताले हामीलार्इ पत्याउन छाेड्ने छन्।’
अर्को प्रसंगमा उनले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनेमा जोड दिए। चितवन ३ का प्रतिनिधिसभा सांसद्समेत रहेका प्रचण्डले जिल्लालाई देशकै नमूना जिल्ला बनाउने गरी विकासमा जुट्न सबैलाई आग्रह गरे।
कार्यक्रममा पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले विकासको स्वरुपको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए। सांसद कृष्णभक्त पोखरेलले समृद्धि र विकासको नेतृत्व जिल्लाले लिएर अघि बढ्नुपर्ने बताए।


