Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्यान प्यासीफिक टेनिसको उपाधि क्यारोलिन प्लिल्सकोभालाई

Loading

एजेन्सी । जापानमा सम्पन्न प्यान प्यासीफिक टेनिसको उपाधि क्यारोलिन प्लिल्सकोभाले जितेकी छन् । जापानकी नाओमी ओसाकालाई पराजित गर्दै चेक गणतन्त्रकी क्यारोलिनले उपाधि जितेकी हुन् ।

मेन एरेनामा भएको खेलमा २६ वर्षिया क्यारोलिनले केही दिनअघि पहिलो पटक युएस ओपन टेनिसको उपाधि जितेकी २० वर्षिया ओसाकालाई २–० को सेटमा पराजित गरेकी थिइन् । पहिलो सेटमा ६–४ को जित निकालेकी क्यारोलिनले दोस्रो सेटमा पनि ६–४ कै जित निकालेकी थिइन् ।

क्यारोलिनले सेमिफाइनलमा डोन्ना भेकिकलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् भने ओसाकाले इटालियन जिर्ओगीलाई हराएकी थिइन् । क्यारोलिनले प्यान प्यासीफिक टेनिसको उपाधिसँगै यो वर्ष दोस्रो उपाधि उचालेकी हुन् । यसअघि उनले जर्मनीमा स्टुटगार्ट ओपनको उपाधि पनि जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed