![]()
एजेन्सी । यूएईमा जारी एसिया कप क्रिकेटको सुपर सुपर फोरमा अाइतबार भारत र पाकिस्तान भिड्दै छन्। यसअघि समूहगत चरणमा भएको यी दुई टोलीबीचको भिडन्तमा भारतले शानदार जित हात पारेको थियो।
त्यस खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तान ४३.१ ओभरमा एक सय ६२ रनमा समेटिएको थियो। भारतले २९ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यसअघि सुपर फोरको पहिलो खेलमा भारतले बंगलादेशलाई सात विकेट र पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हराएको थियो।
जारी प्रतियोगितामा भारतको बलिङ शसक्त देखिएको छ। समूहगत चरणमा एसोसिएट टोली हङकङविरुद्ध कठिन जित हात पारेको भारतले त्यसपछिका खेलमा बलिङमा राम्रो प्रदर्शन गरिरहेको छ।
प्रतियोगितामा भारतका ओपनर ब्याट्सम्यान शिखर धवन दुई सय १३ रनसहित सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको सुचीमा शीर्षस्थानमा छन्। भारतकै रोहित शर्माले एक सय ५८ रन जोडेका छन्। पाकिस्तानका बाबर आजमले एक सय ४६ र इमाम उल हकले एक सय ४२ रन बनाएका छन्।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच भएका भिडन्तमा भारत ५३ र पाकिस्तान ७३ पटक विजेता बनेका छन्।


