Breaking News.... EverestOnlineKhabar
June 24, 2026

अफगानिस्तानको पहिलो हार, पाकिस्तानसँग तीन विकेटले पराजित

Loading

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराएको छ ।  अफगानिस्तानले दिएको २५८ रनको विजयी लक्ष्य पाकिस्तानले तीन बल बाँकी रहँदा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ८० रन बनाए । त्यस्तै बाबर आजमले ६६ रन बनाउँदा शोएब मलिकले ५१ रनको उत्कृष्ट पारी खेले ।  अफगानिस्तानका लागि राशिद खानले तीन विकेट लिए । त्यस्तै मुजीब उर रहमानले २ विकेट लिँदा गुलाबदिन नाइबले एक विकेट लिए ।

यसअघि निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै अफगानिस्तानले २५७ रन बनाएको थियो ।  अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ९७ रनको उत्कृष्ट पारी खेले । अस्गर अफगान ६७ रनमा आउट हुँदा रहमत साहले ३६ रन जोडेका थिए । पाकिस्तानका लागि मोहमद नवाजले  तीन तथा सहिन साह अफ्रिदीले २ विकेट लिएका थिए ।

एसिया कपमा सनसनीपूर्ण प्रदर्शन गर्दै आएको अफगानिस्तानले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराइसकेको छ । अफगानिस्तानले आइतबार बंगलादेशसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed