Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको पहिलो खेलमा भारतले बंगलादेशलाई सात विकेटले हराएको छ ।  टस हारी पहिला ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन बनाएको थियो ।

१ सय १ रन बनाउँदा बंगलादेशले ७ विकेट गुमाएको थियो । त्यसपछि केही सुधारिएको प्रदर्शन गरे पनि भारतविरुद्ध ठूलो स्कोर भने खडा गर्न सकेन । बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ४२ रन बनाउँदा मसरफे मोर्तजाले २६ रन बनाएका थिए ।

बंगलादेशविरुद्ध भारतीय बलहरु हाबी हुने क्रममा रविन्द्र जडेजाले ४ विकेट लिए । भुवनेश्वर कुमार र जसप्रित बुमराहले तीन तीन विकेट लिए । १७४ रनको विजयी लक्ष्य भारतले तीन विकेट गुमाउँदै ३६.२ ओभरमै पूरा गर्यो ।

रोहित शर्माले कप्तानी पारी खेल्दै नटआउट ८३ रन बनाए । त्यस्तै ओपनर शिखर धवनले ४७ बलमा ४० रनको योगदान दिए ।  त्यस्तै तेस्रो नम्बरमा ब्याटिङका लागि आएका अम्बाती रायुडुले १३ रन बनाए । त्यसपछि ब्याटिङ गर्न आएका महेन्द्रसिहं धोनीले ३३ रनको योगदान दिए ।

बंगलादेशका लागि शकिब अल हसन, रुबेल हुसेन तथा मसरफे मोर्तजाले समान एक–एक विकेट लिए । एसिया कपमा भारतले आइतबार पाकिस्तानसँग खेल्नेछ । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई आठ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed