![]()
एजेन्सी । पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा बिहीबार भुटानको सामना गर्दै छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो । यही हारले नेपाल दबाबमा छ । भुटानले पनि आफ्नो पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग २-० ले गुमाएको थियो । यस्तोमा दुवैका लागि अबको खेल महत्वपूर्ण रहने छ ।
यस खेलमा नेपालले आफू अनुकुल नतिजा निकाल्न सकेन भने लिग चरणबाटै बाहिरने सम्भावना रहन्छ। त्यसैले यो खेल नेपालको लागि गर या मरको स्थिति हो।
अहिलेसम्म साफ च्याम्पियनसिपमा नेापल र भुटानबीच २ खेल मात्रै भएका छन्। जसमा दुवै खेलमा नेपाल विजयी भएको छ। नेपालले सन् २००३ को साफ च्याम्पियनसिपमा भुटानलाई बंगबन्धु रंगशालमा नै भएको खेलमा २-0 ले हराएको थियो भने सन् २००५ मा कराँचीमा भएको खेलमा नेपालले भुटानलाई ३-१ ले हराएको थियो।


