Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अनिश्चितकालीन पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने चेतावनी

Loading

काठमाडौं।  नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले  सरकारसमक्ष १८ बुँदे मागपत्र पेश गरेकोप्रति वेवास्था गरेको भन्दै देशव्यापी रुपमा डिपोहरूमा कोणसभा गरेको छ । संघले चरणबद्ध आन्दोलनका  कार्यक्रमको घोषणा गर्दै पहिलो दिन देशैभरका डिपोहरुमा कोणसभा सम्पन्न गरेको हो ।

पेट्रोलियम ट्याङ्कर चालक संघको आयोजनामा वुधवार १८ बुँदे माग राख्दै नेपाल आयल निगम थानकोट डिपोमा कोण सभाको आयोजना गरियो । कोणसभामा वोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ अध्यक्ष ईश्वर लामाले आफुहरूको माग सम्वोधन नभए भाद्र ३० गतेदेखि अनिश्चितकालीन पेट्रोलियम पदार्थ दुवानी वन्द गरि आफ्नो सवारीको चावी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने चेतावनी दिए ।

मागपत्रमा पेट्रोलियम ट्याङ्कर चालकहरु दक्ष दर्जाका श्रमिक भएकोले उनीहरुको न्यूनतम मासिक पारिश्रमिक ३२ हजार पुर्याउनुपर्ने, बिरामी हुँदाको रकम उपलव्ध गराइनुपर्ने लगायतका १८ बुँदे माग समावेश गरिएको छ ।

संघका अध्यक्ष इश्वर लामाको नेतृत्वमा भाद्र ३ गते वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर चालक संघको एक प्रतिनिधिमण्डलले मन्त्री मातृका यादवलाई सो मागपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed