![]()
एजेन्सी । एसियाकप छनोट खेलमा हङकङविरुद्धको खेलमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका छन् । ९५ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरिरहेको हङकङविरुद्ध १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिएका हुन् ।
सन्दिपले किफायतीसहित कसिलो बलिङ गरेपनि उनले नेपाललाई जिताउन सकेनन । उनले १० ओभर बलिङ गर्दा ४८ डट बल फालेका थिए । उनको बलिङमा हङकङका ब्यायट्सम्यानले एक छक्का र एक चौका प्रहार गरेका थिए । एक बल वाइड गएको थियो ।


