Breaking News.... EverestOnlineKhabar
May 1, 2026

झलनाथले उठाए ओली र प्रचण्डको नियतमै प्रश्न–‘ के आधारमा जे एन खनाल चौथो ? एस म्यान भर्ती गरेर पार्टी चल्छ ?’ (भिडियो)

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पुनः पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश व्यक्त गरेका छन ।

जनता टेलिभिजनमा अरुणदेव जोशीलाई अन्तर्वार्ता दिंदै नेता खनालले आफूलाई वरियता निर्धारण गर्दा के आधारमा चौथोमा राखियो भनी प्रश्न गरेका छन । उनले आफूलाई चौथो स्थानमा राख्नुको औचित्य आफू र नेपाली जनतालाई थाहा दिनु पर्दैन भनी प्रश्न गरेका छन ।

आफूलाई चौथो स्थानमा राख्नुको पछाडी कुनै बैज्ञानिक कारण नभएको तर निर्णयकर्ताको नियतमा खोट रहेको आरोप उनले लगाए । नेता  खनालले  अध्यक्ष ओली र दाहाल लगायत केही नेताहरुको नियतमै खोट भएकाले पार्टीमा समस्या भैरहेको बताए ।

उनले पार्टी एकीकरणकाक्रममा क्षमतावान, दक्ष र योगदान भएका नेताहरुलाई पन्छाएर ‘एस म्यान’ को खोजि भैरहेको भन्दै आक्रोश व्यक्त गरे । नेता खनालसंगको बिस्तृत कुराकानी आइतबार राती ८ः५० बजे प्रसारण हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed