Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । मलेशियामा भइरहेको एसीसी एशिया कप छनोट प्रतियोगितामा नेपालका ललित राजबंशी म्यान अफ द म्याच चुनिएका छन । आफनो उत्कृष्ट खेलका कारण उनलाई आइतबारको खेलमा म्यान अफ द म्याच चुनिएको हो । उनले  आफनो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका हुन ।

प्रतियोगितामा तेस्रो खेलसम्म बेन्चमा बिताएका ललितले चौथो खेलमा सिगांपुरबिरुद्ध उत्कृष्ट बलिङ गरे । करण केसीको स्थानमा प्लेइङ –११ मा परेका १९ वर्षिय राजबंशीले ९ ओभर बलिङ गरे । जसमा १ मेडन राख्दै २७ रन खर्चिएर ३ विकेट लिए ।

प्रतियोगितामा सिगांपुरको इनिङ्स उकासेका कप्तान चेतन सूर्यबंशीलाई ललितले ६० रनमा एलवीडब्लुको शिकार बनाए । त्यसपछि रिजा गजनभीलाई ५ रनमा क्याचआउट गर्दै पभेलियन फर्काएका ललितले अरीत्र दत्तलाई ८ रनमा आउट गरेका थिए । ओमान, युएइ र मलेशियासँग खेल बेन्चमा हेरेर बिताएका युवा खेलाडी ललितले चौथो खेलमा पाएको अवसरलाई सुदपयोग गरेका छन् ।

यू–१९ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका ललित राजबंशीले पछिल्लो समय नेदरल्याण्डबिरुद्धको डेब्यु एकदिवसीय सिरिजमा टोलीमा स्थान बनाएपनि खेल्न पाएनन् । निरन्तर टोलीमा स्थान बनाएपनि खेल्न नपाउने ललितले लिष्ट ए मा मार्चमा जिम्बाबेमा भएको बिश्वकप छनोटमा डेब्यु गरेका थिए । आयोजक जिम्बाबेबिरुद्ध लिष्ट ए मा डेब्यु गरेका राजबंशीले १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed