Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पीएसजीको लगातार जितः एम्बाप्पेलाई रातो कार्ड…

Loading

एजेन्सी,भदौ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा निम्समाथि नाटकीय जित हात पारेको छ । केलिन एम्बाप्पेसहित दुई खेलाडीले रातो कार्ड पाएको खेलमा नेइमारले गोल गरेपछि सेलिब्रेसनका क्रममा विपक्षी समर्थकहरुलाई गिज्याएका थिए । शनिबार राति भएको खेलमा पीएसजीले निम्सलाई ४–२ गोल अन्तरले हराएको हो ।
निम्सको घरेलु मैदानमा भएको खेलमा पीएसजीले ३६ औं मिनेटमा नेइमारको गोलबाटै अग्रता लिएको थियो । गोलपछि उनी चोराना (पोर्चुगिज भाषामा रुञ्चे बच्चा) ब्यानर देखाइरहेका विपक्षी समर्थकहरु अगाडि गए र रोएको अभिनय गरे ।
चार मिनेटपछि नै एन्जल डी मारियाले गोल गरेपछि पहिलो हाफमा पीएसजी २–० ले अगाडि रहृयो । दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । ६३ औं मिनेटमा बोबिचोनले गोल गरे भने ७१ औं मिनेटमा साभानिरले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । तर, यो धेरैबेर टिक्न सकेन ।
खेलको ७७ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । इन्जुरी टाइममा काभानीले गोल गर्दै जित सुनिश्चित गरे । तर, साभानिरले एबाप्पेलाई फल गरेपछि खेल तनावपूर्ण भयो । त्यसक्रममा एम्बाप्पे र साभानिर दुबैले रातो कार्ड खाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed