![]()
काठमाडौ,भदौ ।
एसीसी एसिया कप छनोट खेलमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । सिंगापुरविरुद्ध टस हारेर बलिङ गरिरहेको नेपालले पाँचौं सफलता हात पारेको छ । २७.५ ओभरमा नेपालका सन्दीप लामिछानेले सिंगापुरका मानप्रित सिंहलाई आउट गरेका छन् ।
सिंहलाई लामिछानेले शून्य रनमा आउट गराएका हुन् । यसअघि दीपेन्द्र सिंह ऐरीले अनिस इडवार्ड परमालाई रन आउट गराएका थिए ।
ताजा अवस्थामा सिंगापुरले २७.५ ओभरमा ५ विकेटको क्षतिमा १०९ रन बनाएर खेलिरहेको छ ।


