![]()
एजेन्सी । विभिन्न हलिउड सेलिब्रिटीका नग्न तस्बिर चोरी लगायत आइक्लाउड अकाउन्ट ह्याक गर्ने एकजना पक्राउ परेका छन । यही आरोपमा २६ वर्षे जर्ज गारोफनोलाई जेल पठाइएको छ । यो सजायँबाहेक जेलबाट छुटेपछि उनलाई तीन वर्षको निगरानीमा राखिनेछ र उनले ६० घण्टाको कम्युनिटी सर्भिस पनि गर्नुपर्नेछ ।
कनेक्टिकटमा बस्ने यी आरोपीले आठ महिनापछि सजायँ पाएका छन् । उनीमाथि नक्कली एप्पल सपोर्ट इमेलको प्रयोग गरेर जेनिफर लरेन्सलगायत विभिन्न हलिउड स्टारसहित दुई सय ४० जनाको गोप्य जानकारी चोरेको आरोप लागेको थियो ।
उनीमाथि ती व्यक्तिहरुको नग्न फोटो र गोप्य जानकारी इन्टरनेटमा सार्वजनिक गरेको पनि ओरोप लागेको थियो । आरोपीले अदालतमा उक्त कामका लागि अन्य कोही दोषी नभएको र अपराधको सजायँले उनलाई जीवनभरी प्रभावित पार्ने बताएका छन् ।
स्मरण रहोस, यो ह्याकिङ सन् २०१४ मा गरिएको थियो जसमा उनीहरुले केही सेलिब्रिटीको नीजि फोटो चेरेर इमेज सेयरिङ साइटमा राखेका थिए । यी तस्बिरमा केही सेलिब्रिटी नग्न र अर्धनग्न अवस्थामा थिए । हलिउडका यी सेलिब्रिटीमा जेनिफर लरेन्स, केट अप्टन र क्रिस्टन डन्स्ट समावेश थिए ।


