Breaking News.... EverestOnlineKhabar
April 30, 2026

विराट कोहलीले एसिया कप नखेल्ने, रोहितको कप्तानीमा टिम घोषणा

Loading

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एसिया कप नखेल्ने भएका छन्। रोहित शर्माको कप्तानीमा भारतले एसिया कप खेल्ने भएको छ।  एसिया कपका लागि कोहलीलाई आराम दिने निर्णय गरिएको छ।

शनिबार एसिया कपका लागि भारतले टिम घोषणा गरेको हो।  रोहितको कप्तानीको टिममा शिखर धवन उप–क्याप्टन रहने छन्।

त्यस्तै, केएल राहुल, अम्बाती रयदु, मनिष पान्डे, केदार जाधव, महेन्द्रसिंह धोनी, दिनेश कार्थिक, हार्दिक पाण्डेय, अक्क्षर पटेल, कुलदीप यादब, यूज्भेन्द्र चाहल, भुवनेश्वर कुमार, जमप्रित बुमराह, सार्दुल ठाकुर र खलिल अहमद टिममा छन्।

आगामी १५ सेप्टेम्बरदेखि यूएयुमा हुन लागेको प्रतियोगितामा भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र अर्काे एक टिमले प्रतिस्पर्धा गर्ने छ। एक टिम छनोटका लागि हाल मलेसियामा छनोट खेल चलिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed