![]()
रूपन्देही । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुद्ध जन्मस्थल लुम्बिनीमा पूजा अर्चना गरेका छन । काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवा हुँदै उनी गाडीमा लुम्बिनी पुगेका हुन ।
राष्ट्रपति सिरिसेनालाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले स्वागत गरेका थिए ।
उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चनागरेका थिए । मायादेवी मन्दिरपछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा पुगेका थिए । उनले श्रीलंकाद्वारा बनाइएको त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी पनि लिएका थिए ।


