Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एशिया कप क्रिकेटमा नेपालको पहिलो जित, मलेशिया १९ रनले पराजित

Loading

काठमाडौँ। एसिया कप क्रिकेटको छनौटको तेश्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । यस अघि दुई खेल हारेको नेपालले  मलेसियालाई १९ रनले पराजित गरेको हो । १८९ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ३० ओभरमा ९ विकेटको क्षेतिमा मात्रै १ सय ६९ रन बनाउन सक्यो ।

नेपाललाई सफलता दिलाउने क्रममा बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए । यस्तै सागर पुन र दिपेन्द्रसिं ऐरीले समान एक विकेट हात पारे ।

नेपालले ३० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाए । ऐरीले ५१ ब्लमा ५४ तथा शेखले ४८ बलमा नटआउट ६४ रन बनाए । पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११, अनिल कुमार साहले १६, सुवास खकुरेलले ९ तथा बसन्त रेग्मीले ६ रन बनाए ।

यो जीतसँगै युुएईमा हुने एसिया कप खेल्ने नेपालको आशा जीवितै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed